प्रधानन्यायाधीश बिश्वम्भर प्रशाद श्रेष्ठ लाई वारले गर्यो अभिनन्दन

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र २९ १३:३२ बजे

प्रधानन्यायाधीश बिश्वम्भर प्रशाद श्रेष्ठ लाई उच्च अदालत बार एशोसिएशन महेन्द्रनगर र कंचनपुर जिल्ला अदालत बार एशोसिएशनले संयुक्त रुपमा हिजो सम्मान स्वागत तथा अभिनन्दन गरेको छ।                           

कार्यक्रममा सुदूरपश्चिम बिश्वबिद्धालय कानुन संकायका बिध्यार्थी समेत उपस्थितमा सम्माननिय ज्युलाई स्वागत गरेका हुन। कार्यक्रममा उच्च अदालत दिपायल महेन्द्रनगर इजलास , कंचनपुर जिल्ला अदालतका माननीय न्यायाधीशहरु, सर्बोच्च अदालतका रजिस्ट्रार ,सुदूरपश्चिम विश्वविधालयका उपकुलपति,  डिन , वरिष्ठ अधिवक्ता एवम अधिवक्ताहरुको उपस्थिति रहेको थियो।                                     

उच्च अदालत महेन्द्रनगर बार एशोसिएशनका अध्यक्ष अधिवक्ता भुपेन्द्र बहादुर बिस्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सम्माननिय प्रधानन्यायाधीश श्री बिश्वम्भर प्रशाद श्रेष्ठ रहनु भएको थियो भने स्वागत मन्तव्य नेपाल बार काउन्सिलका पार्षद अधिवक्ता प्रकाश पाण्डेय, संचालन कंचनपुर जिल्ला अदालत बार एशोसिएशनका सचिव अधिवक्ता शंकर बहादुर बिष्टले गर्नु भएको थियो।                                                            नेपाल बार काउन्सिल सुदूरपश्चिम प्रदेश, उच्च तथा जिल्ला बार एशोसिएशनका तर्फबाट कंचनपुर जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता नरेन्द्र बहादुर सिहले दुबै अदालतका लागि अति आवश्यकतामा रहेका भौतिक संरचनाको निर्माण, न्यायाधीशहरु निवासको भवन निर्माण, सुबिधा सम्पन्न तालिम हल, बार काउन्सिल सु.प.को भवनको शिलन्यास, कैलाली जिल्लाको क्षेत्राधिकार लगायतका बिषयहरुमा लिखित रुपमा प्रधानन्यायधिस लाई  मागपत्र पेश  गरेका थिए।                                           

प्रधानन्यायधिसले आफ्नो मन्तव्यको क्रममा  समाधान गर्न सकिने  बिषय के कति हुन सक्दछन, तत्काल कार्य थालनि गर्ने  प्रतिबद्धता जाहेर गर्दै यहाँहरु सम्पुर्णले महेन्द्रनगरमा आमन्त्रण गरि सम्मान स्वागत  तथा अभिन्दनका लागि आभार धन्यवाद व्यक्त गर्दछु भन्नु भयो। उहाँले मन्तव्यमा भन्नु भयो म यसै क्षेत्रको व्यक्ति हु, तपाईंहरुको माया स्नेह साथ सहयोगले यो स्थान सम्म पुग्न सफल भए, म मेरो क्षेत्र प्रति गौरव महसुस गरेको पनि छु भनी सम्बोधन सहितको मनतव्य राख्नु भयो।                               

उच्च बार एशोसिएशनका अध्यक्ष भुपेन्द्र बहादुर बिष्टले प्रमुख अतिथि, अतिथि , आमन्त्रित तथा सहभागी सम्पुर्णमा आभार धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो। 

२०८० चैत्र २९ १३:३२ बजे

प्रतिक्रिया