तिजको अवसरमा गैरे आवासीय नेपाली संघ मलेसियाकोआयोजनामा दर खुवाउने र शुभकामना

तिजको अवसरमा गैरे आवासीय नेपाली संघ मलेसियाकोआयोजनामा दर खुवाउने र शुभकामना आदानप्रदान

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ५ १८:०० बजे
दर खुवाउने र शुभकामना


काठमाडौं । नेपाली महिला हरुको महान चार्ड हरितालिका तिजको अवसरमा गैरे आवासीय नेपाली संघ मलेसियाको आयोजनामा दर खुवाउने र तिजको शुभकामना आदानप्रदान कार्यक्रम मलेसियामा सम्पन्न भएको छ । 

 नेपाली  रितिरिवाज चार्ड पर्वको जगेर्ना गर्नुको हेतुले मलेसियामा कार्यरत नेपाली दिदीबहिनी हरुलाई लक्षित गर्दै आयोजना गरिएको हो । गैर आवासीय नेपाली संघ मलेसियाले शनिबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।  

गैरे आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाको  कार्यक्रमको सभापतित्व गरेका हुन्  भने  प्रमुख अतिथि नेपाली राजदूतावास मलेसियाका कार्यबाहक राजदूत श्री मोति बहादुर श्रीस रहेका थिएm ।  विशिष्ट अथितिमा नेपाली राजदूतावास मलेसियाका श्रम सहचारी प्रकाश पन्थी, तृतीय सचिव अस्मिता न्यौपाने,एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् का सचिव खगेन्द्र न्यौपाने रहेका थिए।

अथिति हरुमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई , एफजी मलेसियाबाट पुरुषोत्तम कडेल,जिपिएल मनि ट्रान्सफरका ईन्द्र गिरि,बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष कमल गौतम, सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्काुखप्तडीु,हिमालटाईम्स डटकम मलेसिया प्रतिनिधि ईश्वर राई,मलायाखबर‌ प्रतिनिधि आर एन चौधरी,फोटो पत्रकार कृष्ण गुप्ता, आगमन खबर मलेसिया प्रतिनिधि यज्ञ कुमार राईरहेका थिए । 

 कार्यक्रममा महिलाहरुको बाक्लो उपस्थिति रहेका सो कार्यक्रमको सन्चालन एनआरएनए मलेसियाका महासचिव रन्जित क्षेत्रिले  गरेका हुन् । 

नेपाली राजदुतावासका कार्यबाहक राजदूत मोती बहादुर श्रीसले शुभकामना मन्तव्यका क्रममा  बिभिन्न परिस्थितिले प्रवासीयता पनि आफ्नो कला,साहित्य भाषा,धर्म,संस्कृति परम्परा को जर्गेना गर्ने उदेश्यले आयोजना गरिएको तिजको अवसर जुन एनआरएनए मलेसियाले गर्यो यसको लागि गैरआवासीय नेपाली संघ मलेसियालाई धन्यवाद  दिएका छन् ।  कार्यबाहक राजदूत श्रीले मलेसियामा गठन भएका अन्य विभिन्न संघ संस्थाहरुले आफ्नो आफ्नो भुमिका निर्वाह गर्नुभएको र सम्पुर्ण नेपाली दिदी बहिनी सम्पूर्णलाई तिजको शुभकामना व्यक्त   गरे ।  

मलेसियामा क्रियासिल बिभिन्न संघ संस्थाहरुबाट उपस्थिति प्रतिनिधिहरुले तिजको शुभकामना मन्तव्य  राखेका थिए ।  

२०७९ भदौ ५ १८:०० बजे

प्रतिक्रिया