अवैधरुपमा रुसी सेनामा भर्ना भएका परिवारको काठमाण्डौमा प्रदर्शन

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र १९ ११:५५ बजे

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीका परिवार तथा आफन्तले सिंहदरबारअघि प्रदर्शन गरेका हुन् । रुसी सेनामा रहेकाहरुको उद्धार, मृत्यु भएकाहरुको शव फिर्ता र वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्नुपर्नेलगायतका मागसहित उनीहरुले बिहान सिंहदरबारको दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।



२०८० चैत्र १९ ११:५५ बजे

प्रतिक्रिया