खुसियालीमा पनि तिमीलाईनै चुँडाल्छन् मान्छे
दुस्खपीर पर्दा पनि तिमीलाईनै चुडाल्छन् मान्छे
बिना कसूर फूललाई पुरा समय फक्रिन नदिएर
बिचैमा तिमीलाई फूल्न नदिई चुडाल्छन् मान्छे ?
माहुरीपनि तिम्रो शुन्दरता र केशर खोज्दै हिँड्छ
भमरा पनि त सदा तिम्रै मीठो रस खोज्दै हिँड्छ
तिमीलाई खोज्दै आनन्दी लिन हिँडिरहन्छ मान्छे
तरपनि मान्छे फूललाई माया नगरी चुडाल्दै हिँड्छ ।
बनैभरी गुराँस फूलेको बेला हेरत त्यो बनको शोभा
आँगनमा फूल फूलेका घर आँगनका हेरत शुन्दरता
फूलको महिमा शोभा शुन्दरता जानेर पनि मानिस
टपक्क टिपेर चुँडाली घटाईदिन्छ फूलहरुको शोभा ।
प्रशान्त २०८०।१२।१८ आईतवार, नेपालगन्ज ।
प्रतिक्रिया