माओवादी केन्द्रसँग एकता गर्न छलफल चलिरहेको छ- विप्लव

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र १६ २०:०४ बजे

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न छलफल थालेको छन । पार्टीका महासचिव विप्लवले पार्टीले माओवादी केन्द्रसँग एकताका लागि छलफल  गरिरहेको जानकारी दिएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा उनले दुई तिहाइ बढी जनताले स्वीकार गरेको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकको समाजवादी विकासमा अघि बढ्नुपर्ने बताए ।समाजवादीमा मोर्चाभित्र पनि कम्युनिस्टहरूलाई एकपटक जनतामा फर्काउनुपर्छ भन्नेमा एकमत रहेको उनको भनाइ छ ।

अर्को प्रसंगमा उनले मुलुकको परिवर्तनमा योगदान गरेको जनयुद्धलाई अवमूल्यन गर्ने काम भएको भन्दै सत्य कुरालाई ढाकछोप गरेर जनतालाई भ्रमित गर्ने कामलाई संयमतापूर्वक चुनौती दिनुपर्ने बताए ।जनयुद्धमा सहभागी दलहरू एक भएर अहिलेको अवस्थाबारे समीक्षा गर्ने बेला आएको उनको भनाइ छ ।


२०८० चैत्र १६ २०:०४ बजे

प्रतिक्रिया