कला साहित्य र सँस्कृति वारे भोली धनगढीमा छलफल हुने

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र १६ १९:३४ बजे

धनगढी। माक्सवादी अध्ययन फाउण्डेसनको आयोजना र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढीको सहकार्यमा भोली चैत्र १७ गते शनिवार विहान ८ वजे देखि सौराइ होटल धनगढीमा कला साहित्य र सँस्कृतिको प्रभाव र महत्व विषयक साहित्यक वहस कार्यक्रम हुने कुरा फाउण्डेशनका अध्यक्ष केशव नाथले वताएका छन।

धनगढीको शहिदगेट नजिकको सौराइ होटलमा भोली विहान ८ वजे देखि कार्यक्रम शुरु हुने छ। आयोजकका तर्फ वाट कार्यपत्रहरु प्रस्तुत हुने छन। कार्यक्रमा विभिन्न पार्टीका नेता, साहित्यकार, लेखक, कवि कलाकार, साहित्यकर्मी, प्रदेश सभासदस्य, माक्सवादी चिन्तकहरुको उपस्थिति रहने कुरा अध्यक्ष नाथले वताएका  छन।


२०८० चैत्र १६ १९:३४ बजे

प्रतिक्रिया