दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्यान्ड ‘ए’माथि नेपाल ७१ रनले विजयी

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र १३ १६:५२ बजे

काठमाडौं। नेपाल भ्रमणमा रहेको पाउना टोली आयरल्यान्ड ‘ए’ टिम नेपाली राष्ट्रिय टोलीसँग दुवै मैत्रीपूर्ण खेलमा पराजित भएको छ। पहिलो खेलमा ६ विकेटको जित निकालेको नेपालले मंगलबार भएको दोस्रो खेलमा ७१ रनको फराकिलो जित निकालेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। १९९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्यान्ड ए १८ दशमलव ३ ओभरमा अलआउट हुँदै १२७ रनमै समेटियो।

नेपालका लागि सोमपाल कामी र कुशल मल्लले समान तीन र तीन विकेट लिए भने करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक र एक विकेट लिए। १९ औं ओभरको पहिलो र दोस्रो बलमा लगातार दुई विकेट लिएका सोमपालले तेस्रो बलमा रनआउट गर्दै आयरल्यान्डलाई १२७ रनमै अलआउट गरे। 


२०८० चैत्र १३ १६:५२ बजे

प्रतिक्रिया