फाल्गुण ( होली ) पुर्णिमाको शुभकामना

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८० चैत्र १२ १२:४२ बजे

बसन्त ऋतुको आगमन सँगै फागु पूर्णि मनाउँदैछौ

हिन्दूहरुको यो चाड सामाजिक सद्भावले मनाउँदैछौ

असत्यमाथि सत्यको बिजयको खुसियालीमा हामी

एक अर्कालाई रंग दल्दै बिजयको उत्सव मनाउँदैछौँ ।


प्रत्येक वर्षको यो फागु पूर्णिमा हिन्दुको खास दिन हो 

होली भन्दा अघिल्लो रात होलीका दहनको याम हो

दहनकै खुसियालीमा हामी रातो रंगले छ्याप्ने गर्दर्छौ

यही सम्झनामा बालक बृद्व सबै होली पर्व मनाउदैछौँ ।


सानासाना केटाकेटी रंग फाली रमाइलोमा  जुट्दछन्

युवा र युवतीहरु गीत गाउँदै नाच्दै होली खेल खेल्दछन्

एक आपसको बैरभाव दुस्मनी कटुता जे जति बिर्सेर

आपसमा मित्रता र आत्मियताको सम्बन्ध जोड्दछन् ।


सप्तरंगी यी रंगहरुले नयाँ उर्जा शक्ति र प्रेरणा दिउन्

होलिका रंग झैँ सबैका जीवन रंगीन र सुखमय बनुन्

सत्यता एकता सहित सबैमा शुख शान्ति ऐश्वर्य छावस्

२०८० को होली पर्वले सबैमा सत्कर्मको प्रेरणा मिलोस् । 

                         नरेन्द्र देवकोटा    (प्रशान्त)  २०८० साल चैत्र ११ गते कोहलपुर ।


२०८० चैत्र १२ १२:४२ बजे

प्रतिक्रिया