नेपालगञ्जको वाटरपार्कमा मोटरवोट सेवा

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र ११ १६:०१ बजे

बाँके । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जको वाटरपार्कमा सेवा विस्तार गरेको छ । एक करोड आठ लाख रुपैयाँ लागतमा तयार गरेर परीक्षणकालीन व्यावसायिक सेवा शुरु गरेको कम्पनीले आउँदो वैशाखमा भब्य उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बिष्णु ढकालले बताउनुभयो । खासै प्रयोगमा अनाएको नेपालगञ्जको वाटर पार्क पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन झण्डै दुई महिना समय लागेको ढकालले जानकारी दिनुभयो ।

वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरे वापत नेपालगञ्ज महानगरपालिकालाई वार्षीक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिनुभयो । १२ सय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।

यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले बताउनुभयो ।


२०८० चैत्र ११ १६:०१ बजे

प्रतिक्रिया