कमजोर स्वास्थ्यका कारण महरा भए हाजिरी जमानतमा रिहा

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र ९ १४:०७ बजे

काठमाण्डौ।सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कमजोर स्वास्थ्यका कारण हाजिरी जमानतमा रिहा भएका छन् । महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सरकारी वकिलको कार्यालय दुवैले उनको बयान लिएको छ  ।बयान सकिएसँगै उनलाई छोडिएको हो । ५ चैतमा कपिलवस्तुबाट पक्राउ परेका महरालाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । अदालतले दिएको उक्त म्याद पनि आजै सकिएको छ । कमजोर स्वास्थ्यका कारण उनलाई छोडिएको बताइएको छ । 



२०८० चैत्र ९ १४:०७ बजे

प्रतिक्रिया