केजरीवाल पक्राउले दिल्लीमा तनाव

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र ९ १३:०९ बजे

दिल्ली। आफ्ना नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउको विरोधमा आम आदमी पार्टीले भारतमा विरोध प्रदर्शन गरेको छ। मदिरा नीति प्रकरणमा बिहीबार साँझ प्रवर्तन निर्देशनालय (ईडी) ले नियन्त्रणमा लिएका केजरीवाललाई आज अदालत पेस गरिँदै छ। 

यसैबीच उन पक्राउको विरोधमा प्रदर्शन गर्दा प्रहरीले दिल्लीको आईटीओबाट दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजलगायत आम आदमी पार्टीका नेता र कार्यकर्तालाई पक्राउ गरेको छ। 



२०८० चैत्र ९ १३:०९ बजे

प्रतिक्रिया