राष्ट्रिय भूमि आयोग खारेज

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र ८ १९:३७ बजे

काठमाडौ। सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो । 

सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ । भूमि आयोगको अध्यक्षमा केशव निरौला रहेका थिए । यसअघि एमाले नेता देवी ज्ञवाली नेतृत्वमा भूमिसम्बन्धी समस्या समाधान आयोग थियो ।  आयोगले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्दै आएको थियो ।  


२०८० चैत्र ८ १९:३७ बजे

प्रतिक्रिया