डडेल्धुरा नेकपा(एमाले)को अध्यक्षमा गजेन्द्र शाही,सचिवमा सिध्दराज भट्ट

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र ७ ०९:५१ बजे

डडेल्धुरा। नेकपा (एमाले )डडेल्धुराको नयाँ  जिल्ला अध्यक्षमा गजेन्द्र शाही निविरोध निर्वाचित भएका छन ।परशुराममा यहि चैत्र ५ र ६ गते  सम्पन्न भएको नवौं जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कमिटी अध्यक्षमा गजेन्द्र शाही र सचिवमा सिध्दराज  भट्ट निर्वाचित भएका हुन । 

जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा सिद्धराज भट्ट, उपसचिव महिलामा इन्द्रिरा ताम्राकार, उपसचिव खुल्लामा प्रकाशसिंह बोहरा निर्विरोध निर्वाचित भएको विम्व सम्वादाताले जानकारी दिएका छन। उनका अनुसार लेखा समिति अध्यक्षमा तुलाराम पनेरु र सचिवमा लोकेन्द्र ओझा चयन भएका छन्।

नेकपा(एमाले) जिल्ला  सम्मेलनमा करिव २६५ जना प्रतिनिधि सहभागी भएकोमा सहभागी मध्येका ८५ जना अर्थात एकतिहाइ प्रतिनिधिहरु सामेल गरी ८५ जनाको जिल्ला कमिटी निर्वाचित भएको छ।


२०८० चैत्र ७ ०९:५१ बजे

प्रतिक्रिया