डडेल्धुरा । नेकपा एमाले डडेल्धुराको ९ औं जिल्ला अधिबेशन नजिकिदै जाँदा एमाले नेता चक्रप्रशाद स्नेहीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । जिल्लाको भित्रीमद्येश परशुराम नगरपालिकाको रगमैदानमा यही चैत्र ५ गते जिल्ला अधिबेशनको तयारी भईरहेकै बेला नेता स्नेहीले आफु अध्यक्षको उम्मेदवार बनीसकेकाले सहयोग गर्न सबै प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । त्यसैगरी नेकपा(एमाले)का डडेल्धुरा सँयोजक गजेन्द्र शाहीले पनि कार्यकर्ता सँगको भेटघाटका समयमा आफु पनि जिल्ला अध्यक्षको आकाँक्षी रहेको कुरा वताउदै आएका छन। शाही पनि विगतमा एमालेको विधार्थी र युवा मोर्चाको केन्द्रिय स्तरमा नै नेतृत्व गर्दै आएका थिए।
नेकपा एमालेका पुर्ब सुदुरपश्चिम प्रदेश कमिटि सचिबालय सदश्य एबम निर्बतमान राष्ट्रिय सभाका सदश्य स्नेहीले शुक्रबार बिहान रेडियो अमरगढी संगको बहुचर्चित कार्यक्रम अमरगढी बहसमा अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको हो । डडेल्धुरा जिल्लामा एमाले पार्टीको अबस्था निकै कमजोर बनेकाले संगठन निर्माण लाई ब्यबस्थित बनाउदै मिसन ८४ सफल बनाउने आफ्नो एकमात्रै लक्ष्य र उदेश्य रहेको बताउनुभयो । पछ्ल्लिो केही समययता एमाले डडेल्धुरा भित्र गुटबन्दी र पार्टी बिभाजनले गर्दा संगठन निकै कमजोर अबस्थामा पुग्यो, नेता स्नेहीले स्विकार गर्दे पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
संगठन भित्र फुट होईन जुट गराउने मेरो दायित्व रहन्छ नेता स्नेहीले भने पार्टीबाट बिभाजित भएर गएका नेता कार्यकर्ताहरुलाई संगठनमा फर्काउने देखि संगठन निर्माणलाई गाँउ टोल र वडातह सम्म संगठन बिस्तारको अभियानलाई तिब्रता पार्ने मेरो लक्ष्य रहनेछ । आगामी ८४ को आम निर्बाचनमा एमालेलाई पहिलो शक्तिका रुपमा डडेल्धुरामा उभ्याउने गरि पार्टी संगठन निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रण गर्दे लाग्ने छु स्नेहीले भने ।
२०४३ सालमा कम्युनिष्ट कार्यकर्ता भएर अबिछिन्न रुपमा एमाले पार्टीमा बसेर बिभिन्न तहगत कमिटिमा बसेर काम गरेकोे स्मरण गराउदै नेता स्नेहीले पार्टीको कार्यकारी पदमा रहेर काम गर्ने अबसर कहिल्यै नपाएका कारण यो पटक डडेल्धुरा पार्टीलाई बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो । मेरो क्षमता र संगठनप्रतिको कृयाशिलतालाई नेतृत्वमा रहेर काम गर्ने तिब्र इच्छा छ उनले भने यो अधिबेशन एकता र सर्बसम्मतको अधिबेशन बनाउने मेरो प्रयास अन्तिम सम्म रहने समेत बताउनुभयो ।
पहिलो पटक पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री के.पि. ओली परशुराम क्षेत्रमा आएर यहाँका जनताहरुसंग प्रत्यक्ष भलाकुसारी गर्ने अबसरका रुपमा पार्टीले उपयोग गर्ने ,अधिबेशनको उद्घाटन गरेर राजधानी फर्किने ओलीले भित्रीमद्येश क्षेत्रका बिकास निर्माण देखि जनताले भोगीरहेका समस्याहरुका बिषयमा समेत कार्यकर्ताहरु छलफल गर्ने कार्यक्रम रहेको नेता स्नेहीले बताए । जिल्ला अधिबेशन नजिकिदै गर्दा स्नेहीले बिहिबार परशुराम क्षेत्रका अगुवा नेता कार्यकर्ताहरुका बिच र शुक्रबार डडेल्धुरा सदरमुकाममा रहेको रेडियो अमरगढी बहस कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन।
प्रतिक्रिया