आज विश्व मिर्गौला दिवस

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र १ १२:३९ बजे

काठमाण्डौ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको बेला रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले यो दिवस मनाइन्छ ।

डाक्टरहरुका अनुसार अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने सम्भावना धेरै हुन्छ । ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल जाने गरेका छन् । मिर्गौला रोगबाट बच्न शरीरमा पानीको व्यवस्थापन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्न डाक्टरले सुझाव दिंदै आएका छन् ।

दिनमा दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउन, दिनमा १० हजार पाइला हिँड्न, रातमा सात र आठ घण्टा सुत्न, चुरोट, खैनी, जाँडरक्सीले मिर्गौला बिगार्ने भएकाले यस्ता चीजबाट टाढा रहन तथा मोटोपना, रक्तचाप भए घटाउन उनीहरुको सल्लाह छ । डाक्टरहरुका अनुसार स्वस्थ खाने, समयमा खाने, पेनकिलर नखाने गर्नाले पनि मिर्गौला रोगबाट बच्न सकिन्छ ।


२०८० चैत्र १ १२:३९ बजे

प्रतिक्रिया