विवादित ठेेकेदार एव राप्रपाका नेता विक्रम पाण्डे समेतका नाममा ज्यानमार्ने उधोग मुद्दा

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ३० १९:१९ बजे
विक्रम पाण्डे

काठमाण्डौ। आफ्नै पार्टीका नेतामाथि कुटपिट गरेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद एवम विवादित ठेकेदार विक्रम पाण्डे  आज प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् । विवादित ठेकेदारसमेत रहेका पाण्डे विरुद्ध उनकै पार्टीका नेता ठाकुरमोहन श्रेष्ठले प्रहरीमा  ज्यानमार्ने उधोगमा जाहेरी दिएका थिए । पार्टी कार्यालयमै पाण्डेको निर्देशनमा उनका पिए र समर्थकहरुले आफूमाथि निर्घात कुटपिट गरेको उल्लेख गर्दै उनले प्रहरीमा जाहेरी दिएका हुन् । 

किटानी जाहेरीमा सांसद पाण्डे, राप्रपा सहमहामन्त्रीसमेत रहेका उनका पिए प्रेम बलायर, ऋद्धिजंग बहादुर राना, हिक्मत जंग कार्की, निरन्जन बम र नाम नखुलेका थप दुई जनाले  ज्यान मार्ने उद्धेश्यले हातपात गरेको दावी गरिएको छ । प्रहरीमा किटानी जाहेरी परेको व्यक्तिलाई अनुसन्धानका लागी हिरासतमा थुनी कार्वाही गर्नुपर्नेमा  संसद बैठकमा उपस्थित भएको भन्दै  राप्रपाका अर्को नेता एव पिडित ठाकुरमोहन श्रेष्ठले आपत्ति जनाएका छन् । सशस्त्र प्रहरीका पूर्वएआइजीसमेत रहेका श्रेष्ठमाथि फागुन २७ गते कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला विक्रम पाण्डे पक्षिय कार्यकर्तावाट कुटपिट  भएको थियो । आफूले भ्रष्टाचारविरोधी धारणा राखेकै कारण पाण्डेले समर्थक जुटाएर कुटेको श्रेष्ठको आरोप छ ।



२०८० फागुन ३० १९:१९ बजे

प्रतिक्रिया