माघ २७ गते ग्याल्पो ल्होसार सम्पन्न, फाल्गुन २८ गते विदा

आज अनावश्यक बिदा दिएको छ।

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २८ १४:५४ बजे

काठमाण्डौ । सरकारले ग्याल्पो ल्होसारको नाममा आज अनावश्यक बिदा दिएको छ । गएको माघ २७ गते नै मनाइसकेको पर्वलाई अहिले बिदा र शुभकामना दिएकोमा शेर्पा समुदायले असन्तुष्टिसमेत जनाएका छन् ।

सरकारले आज सार्वजनिक बिदा र शुभकामना दिए पनि आफूहरूले गएको माघ २७ गते सोनाम ल्होसार र ग्याल्पो ल्होसार मनाएको शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले बताउनुभयो । यस वर्ष ग्याल्पो ल्होसार र सोनाम ल्होसार गएको माघ २७ गते एकैदिन परेको थियो । त्यही दिन नै शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएका तर सरकारले आज बिदा र शुभकामना दिनु औचित्यहीन रहेको सङ्घका अध्यक्ष शेर्पाले  जानकारी दिनुभयो । त्यति बेला नै प्रधानमन्त्री र सञ्चारमन्त्रीले समेत आफूहरूलाई ग्याल्पो ल्होसारको शुभकामना दिएको उहाँको भनाइ छ ।


२०८० फागुन २८ १४:५४ बजे

प्रतिक्रिया