खण्डहर वन्दै जिविस डडेल्धुराका भवनहरु

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २७ १५:०० बजे

डडेल्धुरा। कुनै समय कामको चापले जिल्ला भरीका जनताहरुको भिडभाड ओहर दोहर हुने डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा जिल्ला विकासको भवन,  प्रतिक्षालय, मञ्च ,शौचालय समेतका सवै भौतिक  सँरचनाहरुको प्रयोग सँरक्षण सम्वर्धनको अभावमा खण्डहर वन्दै गएका कुरा दिपक अवस्थीले वताएका छन।

राज्यको पुनसँरचना भए पछि  देशभरीकै जिविसहरु विघटन गरी जिल्ला विकासले गर्दै आएका अधिकाँश कामहरु स्थानिय पालीकाहरुमा प्रत्यायोजित भए पछि अहिले स्थानियतहहरु विच समन्वय गर्न र योजनाको अनुगमन निरिक्षण गर्नका लागी जिल्ला समन्वय समितिको व्यवस्था गरेकाछन।

डडेल्धुरा जिल्ला समन्वय समितिको कार्यालय डडेल्धुरा जिल्ला विकास समितिको कार्यालयमा छैन। भौतिकपुर्वाधार विकास कार्यालयमा जिल्ला समन्वय समितिको कार्यालय स्थापना गरि काम सञ्चालन हुदै आए पछि पहिलेको जिविसको कार्यालय सञ्चालन भएको तल्लो तल्लामा  तिनसय सख्यामा अट्ने हल, मञ्च, एक अफिसकोठा र माथिल्लो तल्लामा  चार वटा कोठा, एउटा वैठक कक्ष रहेको भवन र पहिले विभिन्न सँस्थाहरुको कार्यालय रहेका जस्तापाताले छाएका सडक सँगै जोडिएका भवनहरु पनि अहिले प्रयोग विहिन भएको छ।

जिविसको भवन मात्र नभए सँ-सँगै रहेका प्रतिक्षालय , शौचालयहरु, विभिन्न सभाका कार्यक्रम गरिने जिविस भवन प्राङगणमा रहेको मञ्च पनि प्रयोगविहन भइ सवै भौतिक सँरचना खण्डहरमा परिणत हुदै गएका छन। अहिले भएका भवनहरुको सँरक्षण मर्मत गर्नुका सट्टा नयाँ नयाँ भवन निर्माण गर्न वजेट विनियोजित गर्ने तर भएका सँरचनाको उपयोग नगर्ने प्रवृति मौलाउदै गएको कुरा दिनेश भट्टले वताएका छन। उनले अगाडी भने सरकारले भएका भवनहरुको सँरक्षण र प्रयोग गरेमा भवन निर्माण हुने अनावश्यक खर्च वचत भइ अन्य उत्पादन क्षेत्रमा खर्च हुने थियो। नयाँ भवन निर्माण गर्नु भनेको अनावश्य खर्च वढाउनु हो।








२०८० फागुन २७ १५:०० बजे

प्रतिक्रिया