प्रदेश प्रमुखध्दारा छैटौं डडेल्धुरा महोत्सबको उद्घाटन

महोत्सव यही फागुन २४ गतेदेखि चैत ४ गते सम्म जिल्ला सदरमुकामको टुँडिखेलमा हुने छ।

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २४ १८:३० बजे

डडेल्धुरा।सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देबराज जोशीले छैटौं डडेल्धुरा महोत्सबको आज एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति, खेलकुद तथा औद्योगिक व्यापार मेला एवं डडेल्धुरा महोत्सवको उद्घाटन गर्नुहुदै प्रदेश प्रमुख जोशीले आर्थिक समृद्धीका लागी महोत्सब आबश्यक रहने बताउनुभयो ।

डडेल्धुराको दिगो विकास र अर्थतन्त्रको आधार: कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नारा सहित महोत्सव यही फागुन २४ गतेदेखि चैत ४ गते सम्म जिल्ला सदरमुकामको टुँडिखेलमा महोत्सबको आयोजना भईरहेको छ । महोत्सबका प्रमुख अतिथी जोशीले मुलुकको अर्थतन्त्रमा निरासा छाईरहेको बेला यस्ता महोत्सबहरुले आर्थिक अबस्थामा सुधार ल्याउन मदत पुग्ने वताउनुभयो ।

 उद्योग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष द्धीजराज भट्टको सभापतित्वमा सम्पन्न भएको उद्घाटनशत्रमा सुदुरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का एमाले डडेल्धुराका संयोजक गजेन्द्र शाही,पत्रकार महासंघका अध्यक्ष हिक्मत सिह अमरगढी नगरपालिकाका पुर्ब नगर प्रमुख बिपिन ओझा लगायतका बक्ताहरुले शुभकामना मन्तब्य दिएका थिए ।

महोत्सवमा टिकट शुल्क सामान्यतया एक सय रुपैयाँ , विद्यार्थीलाई ५० रुपैयाँ ,७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क हुने बताईएको छ ।मेलामा स्थानीय परिकार, रहनसहन तथा भेषभुसा र व्यवसायीक प्रायोजनका स्टलहरु राखिएका छन् । महोत्सबमा बिभिन्न साँस्कृतिक झाँकी सहित प्रस्तुत गरिएका थिए ।डडेल्धुरा उद्योग वाणिज्य संघले हरेक बर्ष कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला आयोजना गर्दै आएको छ ।

 


२०८० फागुन २४ १८:३० बजे

प्रतिक्रिया