परशुराम नगरपालिका द्वारा ११४औं महिला दिवस सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २३ १९:४१ बजे

जोगबुडा ,आँसु भण्डारी ।परशुराम नगरपालिका महिला तथा बालबालिका शाखा द्वारा ११४औं अन्तरास्ट्रिय महिला दिवस बिबिध कार्यक्रम गरि सम्पन्न भएको छ।

परशुराम नगरपालिकाका नगर उपप्रमुख श्री बिमला कुमारी बोहरा महताको अध्यक्षतामा सन्चालन भएको महिला दिवस परशुराम रङ्ग मैदानमा महिला नेत्री , समाजसेबी , इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख लगायतको उपस्थितिमा ११४औं  अन्तरास्ट्रिय महिला दिवस सम्पन्न भएको हो।अन्तरास्ट्रिय महिला दिवस फागुन २५ गते भएपनी त्यही दिन महा शिबरात्री पर्व पनि भएकाले धेरै जसो दिदिबहिनिहरु मठमन्धिर तथा व्रत उपसना रहने भएकाले दुइदिन अघि कार्यक्रम गरिएको महिला तथा बालबालिका परशुराम नगरपालिका शाखा प्रमुख बबिता थापाले बताउनु भयो ।

कार्यक्रमका लागि परशुराम नगरपालिका द्वारा बिनियोजित बजेट  ९० हजार बाट  सन्चालन गरिएको सो कार्यक्रममा नगरभरिका ५७ वटा आमा समूह , महिला स्वयंसेबिका , महिला जनप्रतिनिधि लगायत दिदीबहिनीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा चम्चा खेल, म्युजिकल चियर रेस, तातो आलु , सियो धागो र गुब्बारा फुटाउने खेल समाबेश गरिएका थिए ।खेलहरुमा प्रथम ,द्वितीय, तृतीय हुने खेलाडी महिला सहभागिलाइ प्रेसर कुकुर , भाडाकुडा लगायत महिला लाई आबस्यक पर्ने सामाग्री पुरुस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्नु हुने महिलानेत्रीहरुले पुरुष जनप्रतिनिधिहरुको सहभागीता नहुनु, व्यवस्था बदलिए पनि महिलाहरुको अवस्था परिबर्तन नहुनु ,  दिनदिनै आत्महत्या, बलात्कार , घरेलु हिंसा बढ्दै जानु, महिलाहरुको हकहितका लागि महिलाहरु नै नबोल्नु कमजोरी भएको र अबका  दिनमा एकजुट भएर अघि बढ्नु पर्ने भन्दै आ -आफ्नो मन्तव्य राख्नु भएको थियो ।


२०८० फागुन २३ १९:४१ बजे

प्रतिक्रिया