पाकिस्तानमा वर्षा र बाढीबाट ३६ को मृत्यु

पाकिस्तानमा वर्षा र बाढीबाट ३६ को मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ५ १२:०३ बजे
वर्षा र बाढी

काठमाडौं ।  पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको  छ । उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको  ज्यान गएको छ । 

 बाढीकाबाट यस क्षेत्रका  सय भन्दै धेरै घाइते भएका  अधिकारीहरुले जनाएको छ ।  त्यसैगरी पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्थुन्क्वा  प्रान्तमा गएको २४ घन्टायता बाढीमा परेर कम्तीमा पनि ११ जनाले ज्यान  गएको छ । 

उक्त दुई प्रान्तमा वर्षा परीर हेकाले बाढीको थप प्रकोप बढ्न सक्ने भन्दै सतर्क रहन सरकारले सूचनाहरु जारी गरेको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले क्षतिको विवरण आउन बाँकी रहेको बताएको छ ।उक्त निकायले गएको २४ घन्टामा पाकिस्तानका कैयौँ क्षेत्रमा बाढी र वर्षा आएको भन्दै शनिबार बिहानैदेखिको वर्षा अविरल रुपमा आइतबार बिहानसम्म आएकाले अरु पनि क्षति भएको अनुमान गरिएको छ ।

यो मनसुनी वर्षामा मात्र पाकिस्तानमा सात सयभन्दा बढीको ज्यान गएको छ । यसमा परेर हजारौँ व्यक्ति घरबारविहीन भएका बताइएको छ । पछिल्लो वर्षा र बाढीले २० हजारभन्दा बढी घर भत्किएका छन् । 

२०७९ भदौ ५ १२:०३ बजे

प्रतिक्रिया