मिटर व्याज दिई चर्को रकम असुल गर्ने अनिरुद्ध साह पक्राउ

मिटर व्याज दिई चर्को रकम असुल गर्ने अनिरुद्ध साह पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ५ ११:५३ बजे
अनिरुद्ध-साह-पक्राउ

काठमाडौं । महोत्तरी प्रहरीले एकजना मिटरब्याजीलाई नियन्त्रणमा लिएको छ । भंगहा नगरपालिका-५ सिद्धपुर घर भएका अनिरुद्ध साहलाई मिटरव्याज दिई चक्रो रकम असुल गरेको आरोपमा  पक्राउगरेको हो ।   

साहले चर्को ब्याजदरमा ऋण लगानी गर्दै आएको र ठगि जालसाजी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको  प्रहरीले  जनाएको छ।  शनिबार राति भंगहा नगरपालिका- ५ सिद्धपुर घर भएका साहलाई प्रहरीको टोलीले  उनको  घरबाटै पक्राउ गरेको हो ।  

पक्राउ परेको साहमाथि ठगि मुद्धा चलाउने तयारी भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले  जनाएका छन् । साह लामो समयदेखि यस्ता कार्यमा संलग्न रहेको प्रहरी उपरीक्षक पंगेनीले बताएका छन् ।

महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म व्यक्तिलाई ऋण लगानी गर्ने साहले गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात् १२ गुनासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पति हड्पने कार्यमा लामो समयदेखि संलग्न रहेको प्रहरीले जनाएको छ ।  

२०७९ भदौ ५ ११:५३ बजे

प्रतिक्रिया