चेन्नै । झापा धुलावारी गाउपालीका वाड नं. २ घर भएकी आइतराज सुब्बाकी ५३ बर्षीय श्रीमती बिष्णुमाया सुव्वालाइ अखिल भारत नेपाली एकता समाजले चेन्नैको स्टान्ली सरकारी हस्पिटल बाट उद्दार गरी दिनांक २४ फ़रवरी २०२४ तदानुसार २०८० फागुन १२ गतेका दिन १२५५१ नंबरको ट्रेन द्धारा न्यु जलपाइगुड़ी हुदै नेपालको लागि ट्रेन चढाएर पठाएको छ।
बिष्णुमाया सुब्बा कामको सिलसिलामा गाउकै एकजना मान्छे संग जनवरी अन्तिम हप्ता चेन्नई आएकी रहेछन। चेन्नई सेंट्रलमा झरे पछि बिष्णुमाया हराइछन। जनवरी ३१ तारिकका दिन राती ११ बजे चेन्नै सेन्ट्रलको नजिकै काम गर्ने एकता समाजका सदस्य हिकमा रसाइलीको अफिसमा पुगिछन। । एकता समाजका साथीहरुले उहाँ संग कुराकानी र भेट गरेका थिए।
उहाँ लाई नेपाल फर्काउन खोज्दा भागरे जानु भयो केहि समय पछि सडक दुर्घटना परे पछि चेन्नै स्टान्ली हस्पिटलको अर्थो स्पेशलिस्ट डॉ. रोवन थिए। उनले भने एक नेपाली महिला दुर्घटना भएर हस्पिटलमा आएको धेरै दिन भयो। तर उनी को हुन कहाँकी हुन भन्ने कुरा जानकारी हुन सकेन तपाइ अखिल भारत नेपाली एकता समाजको मान्छे हो जानकारी लिन हस्पिटलमा आउनुस भने पछि २१ फ़रवरीका दिन उमानन्द आचार्य र महेन्द्र वस्याल स्टान्ली सरकारी हस्पिटलमा पुगेर भेटघाट गर्दा उनै २० दिन पहिला हराएकी विष्णु माया थिइन। महेन्द्र वस्यालले पुराना फोटा र नागरिकताको कपि देखाए पछि उनी खुसी हुदै भनी कहाँ बाट भेटाउनु भयो ? उनी सडकमा घुम्दै गर्दा उनको सड़क दुर्घटना भएको रहेछ। निजको झोला हराएछ। बेहोश अबस्थामा सरकारी एम्बुलेंसले सरकारी हस्पिटलमा लगेर भर्ना गरेको हुनाले मानवियताको हैसियतले डाक्टर रोवनको टिमले राम्रो उपचार गरेछन।
महेन्द्र वस्याल आफ्नो फेसवुक पेजमा लेख्छन- उपचारको क्रम सकिए पछि डक्टरको टिमले आश्रममा लगेर राख्ने योजना मिलाएका रहेछ कता बाट मेरो भिसीटीङ कार्ड मिलेको हुदा फ़ोन गर्न सम्भव भएछ। डाक्टरको सल्लाह अनुसार हामी नेकपा (मशाल)का केन्द्रीय नेता कमरेड सुरेंद्र भन्डारीलाइ विष्णुमाया सुब्बाको बारेमा बुझ्न लगाउदा वहाँले तुरुन्त विष्णुमायाका आफन्तजन संग सम्पर्क गर्नु भइ। उहाँका श्रीमान आइतराज, भाइ हस्त सुब्बा नेपाल बाट र निजकी छोरी कुवैत बाट हाम्रो संम्पर्कमा आउनु भयो। हामीले परिवारजन संग कुराकानी गर्यौ ।
मलाइ आश्रमा राख्न खोजेका थिए धन्न अखिल भारत नेपाली एकता समाजले सहयोग गरेको हुनाले तिमीहरू संग बोल्ने मौका पाए घर पुग्न पाउने भए भन्दै विष्णुमाया डाको छोडेर रोईन। परिवार र निजको सहमति अनुसार टिकट भए एक्लै नेपाल जान सक्ने कुरा पनि गरिन। त्यस पछि हामीले संगठनमा चन्दा संकलन गरेर नेपाल पठाउने योजना बनाएका थियौ तर आफन्तजनले दुःखको बेला आमाको लागि सहयोग गर्न सकिन भने म छोरी भएको के काम भन्दै संगठनलाइ धन्यवाद दिदै चन्दा नउठाउन आग्रह गर्दै गाडी भाडा पठाउने बचन दिईन। त्यसपछि २३ तारिकका दिन म हस्पिटलमा गएर संगठनले जिम्मा लिएको कागजपत्रमा सहि गरे पछि डिस्चार्ज गर्ने काम भयो। डिस्चार्ज पछि मैले उहाँलाइ चेन्नै उत्तर नगरका उपाध्याक्ष सोनु बरालको रूममा लगेर एक रात राख्ने काम भयो। त्यसपछि सामान्य टिकटमा उहाँ लाई पठाउदा भिडभाडमा हराउन सक्ने डरले 3AC टिकट बनायौ। सम्पर्कको लागि एउटा मोवाइल किन्ने काम गर्यौ। त्यस पछि चेन्नै उत्तर नगर समितिका अध्यक्ष उमानन्द आचार्य, पश्चिम नगर समितिका अध्यक्ष अर्जुन केसी महिला क्षेत्रीय सदस्य सिता घिमीरे र म लगायतका साथीहरूले चेन्नई पेरम्बुर बाट न्यु जलपाइगुड़ीको लागि १२५५१ नंबर को ट्रेन चढाएर नेपाल झापाको घर तर्फ पठाउने काम भयो।
साथै अखिल भारत नेपाली एकता समाजले सर्टिफ़ाइड गरेर एक जानकारी पत्र रेलवे प्रशासन लाइ लेखेका छौ। ता कि निजको यात्रा सहज होस भनेर। किन कि उहाँ संग कुनै सक्कली डकुमेन्ट छैन। गुवाहाटी जानी प्यासेंजर पूजा संग परिचय गराएर केही भए सहयोग गर्नु भनेका पनि छौ। बिष्नुमायालाइ संगठनले केही आर्थीक सहयोग पनि गरेको छ। निज जलपाइगुड़ी पुगे पछी उहाँका भाइ हस्त सुब्बा लिन आउने छन। यात्रा टिकट र मोवाइ नंबर पनि आफन्तजन लाइ जानकारी गराएका छौ। स्मरणरहोस केही बर्ष पहिला झापाका एक जना पदम सुनार लाइ पनि ट्रेन बाट खसेर हात कटिएको थियो हामीले सरकारी हस्पिटलमा उपचार गराएर संगठनको मातहतमा नेपाल पठाएका थियौ। वहाँ अहिले पनि संगठनको गुन सम्झनु हुन्छ। अखिल भारत नेपाली एकता समाजले भारतमा अलपत्र परेका बिरामी असाहयहरु लाई सहयोग गरेर आफ्नो गन्तव्य स्थान सम्म पुराउने काममा अभिभावकीय भूमिका खेल्दै आएको छ। आशा छ बिष्णुमाया सुब्बा सकुसल घर पुग्नु हुनेछ। सहयोग गर्ने समाजका सवै साथीहरु लाई धन्यवाद भनि वस्यालले आफ्नो फेसवुक वालमा लेखेका छन। महेन्द्र वस्याल भारतवाट
प्रतिक्रिया