युक्रेन बदलामा रुसका प्रमुख ठाउँमा आक्रमणको त्यारीमा

युक्रेन बदलामा रुसका प्रमुख ठाउँमा आक्रमणको त्यारीमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ५ ११:४२ बजे

काठमाडौं ।  युक्रेनी क्षेत्र र रुसी सैन्य स्थलहरू नजिक धेरै विष्फोट भएको  घटनामा रुसले युक्रेनी ड्रोन आक्रमण अन्यत्र भएको पुष्टि गरेको छ । युक्रेनी सेनाले शुक्रबार राति  ड्रोन हमला गरेको हो । युक्रेनले अब आफ्नो हराएको क्षेत्रको सट्टा रुसका प्रमुख क्षेत्रमा आक्रमण  गर्ने देखिएको छ । 

रुसको कब्जामा रहेको क्रिमियन  पछिल्लो हमला भएको  हो ।  मिडिया रिपोर्टका अनुसार रुसको ब्ल्याक सी नौसेना उड्डयन बलको आधा भाग  ड्रोन हमला  परी नष्ट भएको जनाइएको छ । 

रुसी समाचार एजेन्सी तास र आरआइएले स्थानीय क्रिमियाली अधिकारीलाई उदृत गर्दै रुसी एन्टी(एयरक्राफ्ट युनिटहरू पश्चिमी क्रिमियन बन्दरगाह येभपाटोरिया नजिकै सञ्चालन भएको देखिएको उल्लेख गरेका छन् । युक्रेनले यस क्षेत्रमा ड्रोन आक्रमण गरेको  जनाइएको छ ।

अमेरीकाको  थप सहयोग 

यसैबीच अमेरिकाले पहिलो पटक युक्रेनलाई स्क्यान एजर सर्भेलेन्स ड्रोन, माइन(रेसिस्टेन्ट ह्वीलर्स, एन्टि आर्मर राउन्ड र होविट्जर उपलब्ध गराउन मद्दत गर्ने बताएको छ । एक वरिष्ठ अधिकारीले युक्रेनलाइ ७७५ मिलियन डलर बराबरको सैन्य हतियार सहायता प्याकेजमा १५ स्क्यान ईगल, ४० एन्टि- माइन भेइकल र २००० एन्टि आर्मर राउन्ड हतियारहरू समावेश हुनेछन् । यो सहायता दक्षिणी र पूर्वी युक्रेनमा दिइने बताइएको छ ।

बाइडेन प्रशासनले युक्रेनलाई हालसम्म १०.६ बिलियन डलरको सैन्य सहायता दिएको छ । रुसले युक्रेनको जिपोरिजाया आणविक प्लान्टको बारेमा चेतावनी जारी गरेको छ, जुन मस्कोको कब्जामा छ । डीपीए रिपोर्टका अनुसार रुसले युक्रेनी पक्षले देशको दक्षिणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टलाई खतरामा पारेको आरोप लगाएको छ ।

त्यसति युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई आउँदो हप्तामा उनीहरूको स्वतन्त्रता दिवस मनाउने तयारी गर्दा सतर्क रहन चेतावनी दिएका छन् । 

२०७९ भदौ ५ ११:४२ बजे

प्रतिक्रिया