कैलालीमा फाल्गुन १३ देखि २१ गते सम्म दादुरा-रुवेला विरुध्दको खोप अभियान सञ्चालन हुने

bimbonline बिम्ब अनलाइन
२०८० फागुन १० १२:५३ बजे

धनगढी। कैलालीमा यही फागुन १३ गतेदेखि  २१ गतेे सम्म दादुरा- रुबेला विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका सवै स्थानिय तह  उपमहानगरपाली, नगरपालीका गाउँपालिकामा  फागुन १३ देखि २१ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय कैैलालीका स्वास्थ्य कार्यालय प्रमुख एव वरिष्ठ अधिकृत आषतोस  श्रेष्ठले जनाएको छ ।

९ महिनादेखि ५ वर्ष उमेर समूहका  बालबालिकालाई  दादुरा- रुवेला रोग विरुध्द खोप लगाइने छ । देशभर यो खोप अभियान फागुन १३ गतेबाट सञ्चालन भइरहेको छ । कैलालीमा रहेका सवै वालवालीकाका अविभावकहरुले आ-आफु वसोवास गर्ने स्थानिय तहमा रहेका नजिकका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयम सेविकाहरु लाइ सम्पर्क गरेर  दिन एकिन गरि आफ्ना नान वावुहरु लाई दादुर- रुवेला रोग विरूध्दको खोप लगाउन कैैलालीका स्वास्थ्य कार्यालय प्रमुख एव वरिष्ठ अधिकृत आषतोस श्रेष्ठले वताएका  छन ।

 

२०८० फागुन १० १२:५३ बजे

प्रतिक्रिया