एम्वुस विस्फोट ; चार जना घाइतेको उपचार हुदै

bimbonline बिम्ब अनलाइन
२०८० फागुन १० १०:५८ बजे

अत्तरिया। भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझ तिर द्धन्दकालीन समयमा राखिएको विद्युतीय धराप (एम्बुस) बिष्फोट हुदा चार जना घाईते भएका छन्।

सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट हुदा चालक सहित चार जना घाईते भएका छन्। घाईते हुनेमा जेसीबी चालक डडेल्धुरा आलिताल गाउँपालिका-८ बस्ने २४ वर्षीय बिकाश थापा र बिराटनगर घर भई हाल कञ्चनपुर बस्ने ३५ वर्षीय नबिन देब    सामान्य  घाइते भएको हुदा उनीहरुको अवस्था पनि सामान्य रहेको छ।। कैलालीको चुरे गाउँपालिका ३ बस्ने ४५ वर्षीय बसन्त खडायत र सुर्खेत घर भई हाल कञ्चनपुर बस्ने रोलर अप्रेटर २२ वर्षीय हिरा थापा  गम्भिर घाइते भएको हुदा उनीहरुको अवस्था गम्भिर रहेकोले  घाईतेहरुको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ।

बिष्फोटपछि घट्नास्थल प्रहरीले सिज गरेको छ। सवारी साधन आवतजावतमा रोक लगाएको छ। द्धन्दकालमा उक्त क्षेत्रमा तत्कालिन बिद्रोही र नेपाली सेनाबीच भीषण लडाई भएको थियो। आज (बुधवार) बिष्फोट भएको बिद्युतीय धराप पनि द्धन्दकालकै भएको अनुमान गरिएको छ। उक्त स्थानमा नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिई  यस सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको छ।



२०८० फागुन १० १०:५८ बजे

प्रतिक्रिया