निजगढमा एक साँझ

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८० फागुन ७ १३:२१ बजे

नेपालगञ्ज।

ईच्छा भनौँ या रहर नै थियो

मौका या अवसरको पर्खाँई थियो

जहाँ मलाई एकसाँझ 

साक्षात्कार गर्ने चाह थियो

त्यो ठाउँ थियो निजगढ ।


आर्थिक नगरी बिरगंज भनौँ या

पबित्र धार्मिक स्थल गढिमाई 

पुरातात्त्विक केन्द्र सिम्रौनगढ या

पर्यटकिय गन्तब्य स्थल निजगढ 

पर्यटकका लागि जहिल्यै घुम्न हुने

रोजाई र मनोरञ्जनका ठाउँ हुन् ।


आन्तरिक बिमानस्थल सिमरा भनौँ या

अन्तरास्ट्रिय बिमानस्थलको प्रचुर

संभावना बोकेको शहर निजगढ भनौँ

पुर्ब पश्चिम राजमार्ग छेउ बिचमा

केही तारे होटेलहरुको बिचमा सजिएको 

पर्यटकको मन जित्ने ठाउँ हो निजगढ ।


भ्रमण बर्ष 2020 सफल पार्न होस्  या

जहिल्यै पर्यटकको घुँइचो लाग्ने निजगढमा 

आन्तरिक पर्यटकहरु  त  घुमिरहन्छन्  

बिदेशी पर्यटककोपनि रोजाइको ठाउँ हो यो

पर्यटन गन्तब्यको धनि क्षेत्र

बिकास र संबृद्विको दौडमा लम्केको

काठमाडौंसँग फास्ट ट्रयाकमा 

जोडिदै पनि छ यो शुन्दर निजगढ ।


पूर्वि नेपालबाट घुम्न आउँदा होस् या

पश्चिम नेपालबाट घुम्न जाँदा होस्

बाटैमा पर्ने सुन्दर शहर निजगढको

तारा होटेलमा एकरात बिताएको छु

,

जहाँ भौतिक बिकास लगायत

आर्थिक सामाजिक शैक्षिक क्षेत्रका

बिकासका थुप्रै सम्भावना पनि छन्

उच्च सपना र संबृद्वि उन्मुख शहर 

बिकास र आर्थिक संबृद्विको एक हस्ति

निजगढ सँधै मन मष्तिस्कमा रहिरहेको छ ।



२०८० फागुन ७ १३:२१ बजे

प्रतिक्रिया