भीम उपाध्याय लाई भ्रष्टाचार गरेको मुद्दा

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ७ १०:०९ बजे

काठमाडौँ । सामाजिक सञ्जालमा सधैं चर्चामा रहिरहने नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको व छ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध करोडौं रुपैयाँ विगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो । सामाजिक सञ्जालबाटै भ्रष्टाचार विरोधि अभियान चलाइ रहेका भीम उपाध्यायले भ्रष्टाचार गरेकै हुन् त ? उनी पनि भ्रष्ट हुन् भने कुन समयमा कसरी गरे त भ्रष्टाचार भन्ने कुरा अभियोगपत्रमा दावी लिएका छन।

सामाजिक सञ्जालमार्फत नै भ्रष्टाचार विरुद्ध खरो आवाज उठाउदै आएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय माथि नै भ्रष्टाचार गरेको आरोप लागेपछि सामाजिक सञ्जालहरुमा त्यसले तरंग मच्चाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो । ७ अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्षहरू, समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाता तथा निर्माण कम्पनीलाई प्रतिवादी बनाइएको छ ।


२०८० फागुन ७ १०:०९ बजे

प्रतिक्रिया