वालविवाह गरेको आरोपमा जेल चलान

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ६ २०:१२ बजे

डडेल्धुरा। डडेल्धुरा जिल्ला परशुराम नगरपालीका वार्ड न. १२  जोगवुडा-आमपानी वस्ने एक नावालिका लाई गत माघ १७ गते  भारतको उत्तराखण्ड चम्पावत वस्ने वर्ष २१  को प्रेम सिहले विवाह गरेर आफ्नो घरतर्फ लिन लागेको समयमा प्रहरीले दुवैजना लाइ गिरफ्तार गरी वालविवाहको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत डडेल्धुरा जिल्ला अदालतमा पेश गरेका थिए।

डडेल्धुरा जिल्ला अदालतका न्यायधिस दयाराम ढकालको इजलासले यहि माघ २६ गते थुनछेकको आदेश गर्ने क्रममा केटीलाई  अभिभावकको  जिम्मा र केटालाई थुनामा राख्ने आदेश भएकोमा प्रेम सिह  कारागार शाखा डडेल्धुरामा जेल चलान भएका थिए।अहिले उनी कारागार शाखा डडेल्धुरामा थुनामा रहेका छन।

केटा र केटी दुवै जना राउटे समुदायका व्यक्ति रहेको र यिनिहरुको वसाइ नेपालको जोगवुडा- आमपानी र भारतको चम्पावतमा रहेको छन। राउटे समुदाय नेपाल-भारत जहाँ वसेको भए पनि विवाह गर्दा  आफ्नै समुदायमा  मात्र गर्ने गरेको हुदा भारत चम्पावतका  प्रेम सिहले नेपाल जोगवुडा -आमपानीकी केटी सँग विवाह गर्न खोजेका थिए।

केटा र केटीको विवाह गर्ने उमेर कानुनले २० वर्ष तोकेको भए पनि ग्रामिण समुदायका विपन्न तथा लोपउन्मुख जाति समुदायका केटा केटीहरुले २० वर्ष भन्दा पहिले नै विभिन्न समस्याका कारण वा लहलयमा लागेर विवाह गर्ने गरेका कुरा अ.न.पा. वार्ड न. ५ वस्ने हर्के सार्कीले वताएका  छन।

समाजमा विगतमा पनि वालविवाह हुने गरेको भए पनि पछिल्लो समय डडेल्धुरा जिल्लामा दशौ वर्ष पछि  वालविवाहको अपराधमा मुद्दा चली कारागार चलान भएको पहिलो केस रहेको कुरा डडेल्धुरा वारका पुर्व अध्यक्ष लाल वहादुर जाग्रीले वताएका छन। 


२०८० फागुन ६ २०:१२ बजे

प्रतिक्रिया