दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो

भ्रष्टाचार र अनियमितता गरेको आरोप

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ४ १५:२३ बजे
सञ्जिव झा

काठमाण्डौ। मोहन वैध नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी युवा संगठनले आज दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो दलेका छन। महाप्रवन्धक सञ्जीव झाले दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको,डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको,इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नअपनाएको, कर्मचारीको सरुवा–बढुवामा समेत (घुस लिइ) आर्थिक लाभ लिने गरेको,किसानबाट संकलन भएको दूध बिक्री नगरी  पाउडर बनाएर गोदाममा थन्क्याउने र  कमिसनको लागि  दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव पेश गरी नेपाली लाई घाटा र भारत लाई फाइदा पुर्याएको, महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड गरि ९७करोड  संस्थान घाटामा लगेको तर नियुक्ति हुने र गर्ने फाइदामा रहने काम गरेको भन्ने आरोप लगाउदै कालोमोसो दलेको कुरा क्रान्तिकारी युवा संगठन नेपालले जनाएको छ।


२०८० फागुन ४ १५:२३ बजे

प्रतिक्रिया