नेपालमा करिव ३५ प्रतिशत सँग जग्गाको स्वामित्व छैन

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ३ १९:३४ बजे

काठमाण्डौ।राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण प्रतिवेदनले नेपालमा कुल जनसंख्याको ३४.५६ प्रतिशतसँग जग्गाको स्वामित्व नरहेको देखाएको हो। नेपालमा भूमिको स्वामित्व लामो समयदेखिको प्रमुख राजनीतिक मुद्दा हो। भूमिहीनलाई जग्गा वितरणको विषयमा विवाद हुँदै आएको छ।

जीवनस्तर सर्वेक्षणले देशभरि गरेको अध्ययनले भूमिहीन परिवारको संख्या उल्लेख्य रहेको देखाएको छ। हरेक परिवारको एक जना सदस्यको स्वामित्वमा जग्गा भएमा उक्त परिवारका सबै सदस्यको जग्गाको स्वामित्व भएको मानिने भएकाले भूमिहीनको संख्याले घरपरिवारको भूमिको स्वामित्वको स्थितिलाई बुझाउने राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले बताए। यसमा भूमिहीन, अरुको नामको जग्गा कमाउने, बिर्ता, मोहीको जग्गा कमाउने सहितको तथ्यांक समावेश छ।

भुमिको स्वामित्व नहुनु भनेको सुकुम्वासी तथा भुमिहिन भएको भन्ने हो। नेपालको एकतिहाइ जनसँख्या अहिले पनि भुमिहिन रहेको छ। नेपालमा पटक पटक जग्गा वितरण गर्ने भन्ने विभिन्न  भुमिआयोग गठन गरेर आफ्ना पार्टीका कार्यकर्ता आयोगमा  जागिर दिनु वाहेक खासै केहि काम हुन सकेको छैन। अहिले पनि ३५ प्रतिशत जनता सँग एक इञ्च जग्गा पनि नरहेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्याकले देखाएको छ।
२०८० फागुन ३ १९:३४ बजे

प्रतिक्रिया