मन्दिरै मन्दिरको गाउँ बझाङको पिठातोला

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ३ १५:१३ बजे

बझाङ। तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ। बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन्। त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला। जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन्।

खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ। मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ। आफैँमा पूर्ण लाग्छ। जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले (कान्छी गाउँ)को उपमा दिन्छन्। कान्छी गाउँमा पाँचवटा माडौँ छन्।

मष्टामाडौँ (ठूली पाँण) पिठातोलावासीका कुलदेउता हो। यो मन्दिरमा जुन समयमा पनि पूजाआजा हुने गर्छ। परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि भने आ–आफ्नो टोल तथा घरघरमा पनि पुज्ने गरिन्छ । वर्षको दुई पटक मन्दिरमै पुजिन्छ, हिउँद र वर्षायाममा।

खासगरी नमाकी (नयाँ बालीको पूजाआजा) गरिने बेला कुलदेउता (मष्टामाडौँ) को पूजा गरिने स्थानीयवासी कुलप्रसाद जोशी बताउँछन्। नयाँ बाली भित्र्याएपछि त्यसको पूजा गरेर मात्रै अन्न चलनअनुसार कुलदेउता पूजा गरिने उनको भनाइ छ। उनका अनुुसार वर्षको दुई पटक मात्रै बाली उत्पादन हुने पिठातोलामा हिउँदे खेती वैशाखमा पाक्ने गर्छ। त्यो बाली भित्र्याएसँगै जेठ–असार वा साउनमा पूजा गरिन्छ भने वर्षायामको बाली धान र कोदो असोजमा भित्र्याइन्छ। यसको नमाकी फागुन–चैतमा पूजाआजा गरिन्छ र अन्न खान सुरु गरिन्छ।



२०८० फागुन ३ १५:१३ बजे

प्रतिक्रिया