महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १० को मृत्यु, ३० घाइते

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ३ ०८:२६ बजे

कपिलवस्तु । कपिलवस्तुमा हिजो राती बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् ।कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै सु. प . प्र.०२–००१ ख ००९८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सो बस कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको रहेको बताइएको छ । हालसम्म मृतकहरुको सनाखत हुन सकिरहेको छैन ।प्रहरीका अनुसार घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यलाई सञ्जीवनी र आधारभूत अस्पताल पठाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।



२०८० फागुन ३ ०८:२६ बजे

प्रतिक्रिया