डडेल्धुराका जिल्ला न्यायधिस दयाराम ढकालको विदाइ

bimbonline बिम्ब अनलाइन
२०८० फागुन २ २०:०६ बजे
विधाइको सामुहिक तस्विर

डडेल्धुरा। काठमाण्डौ जिल्ला अदालतवाट सरुवा भइ यहि असोजमा २६ गते   डडेल्धुरा जिल्ला अदालतमा हाजिर हुनु भएका जिल्ला न्यायधिस दयाराम ढकालको  घरायसी समस्याका कारण चितवन जिल्ला अदालतमा काज सरुवा गतहप्ता भएको थियो। सरुवा भए पछि मुद्दा हेर्न नमिल्ने भएको हुदा उहाँले मुद्दाका थुनछेक आदेश वाहेक अन्यकाम हेरिरहनु भएको थिएन।

आज डडेल्धुरा जिल्ला अदालत , डडेल्धुरा वार एकाइ र कर्मचारी मिलनकेन्द्र डडेल्धुराले  जिल्ला न्यायधिस दयाराम ढकालको भेरी भेटौला तथा  विदाइ कार्यक्रम सम्पन्न गरेको अदालतका सुचना अधिकारी एव तहसिलदार राजेन्द्र चन्दले वताउनु भएका छन।

डडेल्धुरा जिल्ला अदालतमा करिव चार महिनाको छोटो कार्य अवधिमा कार्यरथ रहेको समयमा पनि जिल्ला न्यायधिस  ढकालले अदालतको आन्तरिक व्यवस्थापन( इजलास,फाँट , चेम्वर, फनिचर ) तथा न्याय सम्पादन लाइ व्यवस्थित र प्रभावकारी वनाएका कुरा अधिवक्ता रोहित देउवाले वताएका छन।

डडेल्धुरा जिल्ला अदालतले आयोजना गरेको फेरी भेटौला तथा विदाइ कार्यक्रमको निमित्त श्रेस्तेदार राजेन्द्र चन्दको अध्यक्षतामा, सँञ्चालन अदालतका कर्मचारी प्रेम थापाले गर्नुभएको थियो। कर्मचारीका  तर्फ वाट नासु रोहित भट्ट, जिल्ला न्यायधिवक्ता फटिक मुडभरी र वारका प्रतिनिधिले विदाइ मन्तव्य राख्नु भएको थियो।

न्यायधिस ढकालले  विदाइ मन्तव्य राख्नु  हुदै मैले डडेल्धुरा जिल्ला अदालतमा रहदा कानुन , प्रमाण र न्यायिक विवेक प्रयोग गरेर न्याय सम्पादन गरेको थियो ।न्याय पर्यो वा परेन न्यायका उपभोक्ता तथा कानुन व्यवशायीहरुले त्यसको समिक्षा गर्नुहुने छ  भन्नु भयो। । अदालत र वार एकाइ डडेल्धुराका पदाधिकार तथा उपस्थित सवै जनाले  फुलमाला खादा लगाएर न्यायधिस दयाराम ढकाल लाई  विदाइ गर्नु भयो।  कार्यक्रममा अदालतका कर्मचारी , जिल्ला न्यायधिवक्ता फटिक मुडभरी वारका तर्फवाट अधिवक्ताहरु लाल वहादुर जाग्री, रोहित देउवा हरि प्रशाद भट्ट समेतको उपस्थिति रहेको थियो।विदाइ कार्यक्रमको समापन कार्यक्रमका अध्यक्षता गरिरहनु भएका नि. श्रेष्तेदार राजेन्द्र चन्दले गर्नु भएको थियो। वैतडीका जिल्ला न्यायधिसले डडेल्धुरा जिल्ला अदालतका  मुद्दाहरु पनि हेर्नुकुरा न्यायपरिषदले जनाएको छ।


२०८० फागुन २ २०:०६ बजे

प्रतिक्रिया