नक्कली प्रहरी भएकी युवती पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८० फागुन १ १८:५५ बजे

काठमाण्डौ। प्रहरीको भेषमा ठग्दै हिँडेकी एक युवती पक्राउ परेकी छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४, नैकापमा बस्दै आएकी बैतडीकी २४ वर्षीया अमिला कुमारी साउँदलाई प्रहरीले समातेको हो । 

उनले आफूलाई नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (असई) बताई दैलेखकी एक महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाहीमा जागिर लगाइदिने प्रलोभनमा डेढ लाख रुपैयाँ ठगेको खुल्न आएको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले हिजो उनलाई नियन्त्रणमा लिएको हो। 

उनको साथबाट नेपाल प्रहरीको पोशाक एक जोर, असईको दज्र्यानी चिन्ह एक थान, नेमप्लेट एक थान, बुट एक जोर, बेल्ट एक थान र मोबाइल एउटा समेत बरामद गरेको जनाइएको छ । पक्राउ परेकी अमिलामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



२०८० फागुन १ १८:५५ बजे

प्रतिक्रिया