माओवादी नेता दीनानाथ शर्मा अध्ययन गर्न ७९ वर्षको उमेरमा क्याम्पस भर्ना

bimbonline बिम्ब अनलाइन
२०८० माघ २८ ०९:४९ बजे

काठमाण्डौ।  माओवादी नेता दीनानाथ शर्माले बौद्ध दर्शनको औपचारिक अध्ययन थालेका छन् ।सोही सिलसिलामा शर्मा त्रिविअन्तर्गतको बौद्ध अध्ययन केन्द्रीय विभाग, कीर्तिपुरमा स्नातकोत्तर तहमा भर्ना समेत भएका छन् । हाल शर्मा को उमेर ७९ वर्ष रहेको छ ।

अहिले आएर बौद्ध दर्शन पढ्नुको बारेमा प्रष्ट पार्दै शर्माले भने सानैदेखि आफूलाई बौद्ध दर्शनको अध्ययन गर्ने इच्छा रहेको र सोही इच्छालाई मूर्तरुप दिन औपचारिक अध्ययन थालेको बताए ।   मार्क्सवाद र बुद्ध दर्शन दुवै भौतिकवादी दर्शन रहेको, बुद्ध दर्शनले अनात्मवादलाई मान्ने गरेको बताउँदै उनले मार्क्सवादको अध्ययनमा जीवनको उर्जामय समय खपत गरेको र हाल आएर आफूले बुद्ध दर्शनको औपचारिक अध्ययन थालेको पनि बताए ।

ज्ञान आर्जनको लागि उमेर बाधक नबन्नेु बताउँदै शर्माले बुद्ध दर्शनको अध्ययन गरेर भविष्यमा मार्क्सवाद र बौद्ध दर्शनबीचको तुलनात्मक अध्ययन गर्ने आफ्नो चाहना रहेको समेत बताए ।उमेरले अध्ययनलाई छेक्न सक्दैन भन्ने कुराको प्रेरणा अरुलाई समेत प्राप्त होस् भन्ने उद्देश्यले समेत आफूले अहिले बौद्ध दर्शनको अध्ययन थालेको पनि उनले बताए ।



२०८० माघ २८ ०९:४९ बजे

प्रतिक्रिया