नेपाल र चीनबीच कानुनी अभ्यासको अनुभव आदानप्रदानबारे छलफल

bimbonline बिम्ब अनलाइन
२०८० माघ २४ ०८:५३ बजे

काठमाण्डौ। नेपाल बारको प्रतिनिधिमण्डलले नेपालका लागि चीनका राजदूतसँग शिष्टाचार भेटवार्ता गरेको छ । बार अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ राजदूतावास पुगेर राजदूत छन् सोङसँग भेटवार्ता गरेको जनाइएको छ । 

भेटमा दुई देशबीचको कानुनी अभ्यास, नवीनतम सूचना प्रविधिको प्रयोग, तालिमलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको जानकारी दिइएको छ । राजदूत छनले पनि दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएकाले आगामी दिनमा यो अझै घनीभूत हुने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रतिनिधिमण्डलमा उपाध्यक्ष हर्कबहादुर रावल, महासचिव अन्जिता खनाल, कोषाध्यक्ष भरत राउत, सचिव भरतकुमार लकाइ, केन्द्रीय सदस्य निर्भयराज पौडेल र परियोजना संयोजक सरिता सापकोटा थिए 


२०८० माघ २४ ०८:५३ बजे

प्रतिक्रिया