परशुरामको वडा न.७ द्वारा भलिबल प्रतियोगिता सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८० माघ २१ १०:५६ बजे

डडेलधुरा ,जोगवुडा।डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा न.७ को वडा कार्यालय द्वारा आयोजित वडा स्तरीय दोस्रो वार्ड अध्यक्ष भलिबल प्रतियोगिता  भब्य रुपमा सम्पन्न भएको छ ।यहि माघ १९ गते देखि संचालन भएको भलिबल प्रतियोगितामा वडा न.७ का विभिन्न संघ सस्था बिध्यालय लगायत  खेलप्रेमीहरुले उत्साह पुर्बक सहभागीता जनाउनु भएको थियो ।हिजो मात्र सम्पन्न भएको भलिबल प्रतियोगिता हेर्न वडा न.६ ,७ र ८ का दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियो।

कार्यक्रममा सहभागी राजनीतिकर्मी, जनप्रतिनिधिहरु, बिध्यालयका शिक्षकहरु, सुरक्षाकर्मी, समाजसेबी संघ सस्था प्रमुखहरुले आ आफनो मन्तब्य राख्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथी नगर उपप्रमुख बिमला महताले खेलको उदघाटन गर्नु भएको थियो ।आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथिले बिरोधका नामना एकहोरो बिरोध मात्र नगरी वडा स्तरीय कार्यक्रम हुन वा जे-जस्तो कार्यक्रम हुन समझदारी सहजीकरण, समन्वय  गरि सबैले हातेमालो गर्दै अघि बढे समाजमा सकारात्मक संदेश जाने र भाइचारा सम्बन्ध पनि मजबुत हुने बताउनु भयो।

यसपालिको भलिबल प्रतियोगिता बाट पाठ सिक्दै अर्को बर्ष यो भन्दा पनि उत्कृष्ट र नगरभरिकै ध्यानाकर्षण हुनेगरी कला गला भएका नब प्रतिभा भाइबहिनीहरुको भबिस्य र मागलाइ ध्यानमा राखी भलिबल खेल संगै वडा स्तरीय संगीत महोत्सवको पनि आयोजना गर्ने र महिला भलिबल प्रतियोगिता पनि संचालनमा गर्ने तयारी भै रहेको वडा अध्यक्ष कर्ण बहादुर धामी (किशोर)ले बिम्ब अनलाइन लाई जानकारी गराउनु भयो।

प्रतियोगितामा सहभागी ६ वटा मध्ये नगद पुरुस्कार ३१,५११। रुपिया र मेडल ट्रफी सहित चौराह स्पोर्ट्स  एसोसिएसन क्लब (A) टिम प्रथम भएको छ भने १७,५११। नगद रुपिया र मेडल ट्रफी सहित प्रगतिशील युवा क्लब लामिगडाको टिम दोस्रो भएको छ ।चौराह स्पोर्ट्स क्लब(B)  तेस्रो स्थानमा रहेको छ।पुरस्कार नगद , ट्रफी ,मेडल र प्रमाण पत्र सहित राष्ट्रिय  भलिबल खेलाडीहरु सुरेन्द्र बम र तारा दत्त भट्ट तथा सु,प.प्रदेश भलिबल टिम क्याप्टेन नबराज धामि लाइ प्रमुख अतिथि  नगर उपप्रमुख बिमला बोहरा्म(हता) र सभाध्यक्ष द्वारा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।सर्बोत्कृष्ट खेलाडी पुरस्कार सुरेन्द्र बम र उदयमान खेलाडी पुरस्कार कृष्ण नेपालीले जित्नु भएको थियो।


२०८० माघ २१ १०:५६ बजे

प्रतिक्रिया