पहिरोका कारण मकवानपुरका विभिन्न सडकखण्ड अवरुद्ध

पहिरोका कारण मकवानपुरका विभिन्न सडकखण्ड अवरुद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ५ १०:४४ बजे
पहिरोका कारण सडकखण्ड अवरुद्ध

 काठमाडौं ।  गए राती भएको बर्षाको कारण आएको  बाढीका कारण  मकवानपुरका  विभिन्न सडक अवरुद्ध भएका छन् । पहिरोका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध  भएका छ ।  

सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले  जनाएका छन् ।  

यस्तै  कान्तिराजपथ सडकखण्ड पनि अवरुद्ध भएको छ । हेटौंडाबाट ललितपुर हुँदै काठमाडौं जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्डअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको  प्रहरीको  जनाएको छ ।  

यस्तै उक्त सडकखण्डअन्तर्गत मकवानपुरगढी गाउँपालिकाको बगुवा खोलामा पनि पहिरो गएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको छ । 

२०७९ भदौ ५ १०:४४ बजे

प्रतिक्रिया