शिवशँकर मावि सादनीको ३५औ वार्षिक उत्सव शुरु, भरत धानुकध्दारा आमाको नाममा एक लाखको अक्षयकोषको स्थापना

bimbonline बिम्ब अनलाइन
२०८० माघ १६ २०:०६ बजे
वार्षिक उत्सवको उदधाटन मञ्च

डडेल्धुरा। डडेल्धुरा पशुराम नगरपालीका वार्ड न. ७ सादनीमा रहेको शिवशँकर माध्यामिक विधालय सादनीको आज ३५औ वार्षिक उत्सव तथा अभिभावक दिवश शुरु भएको छ।

कार्यक्रमको परशुराम नगरपालीकाका उपप्रमुख विमला महताले झण्डाउत्त्लोलन , ब्यानर खोली उदघाटन गरिनुका साथै दिप प्रज्वलन गरि कार्यक्रमको सुरुवातगर्नु भएको थियो। कार्यक्रममा ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु , पुर्ब वडा अध्यक्ष केशब बहादुर बोहरा , सदस्य पदम बहादुर भण्डारी र चारजना शिक्षक र शिक्षिकाहरु लाई पनि सम्मान तथा अभिनन्दन गरिएको थियो।

विधालयमा अध्यायनरथ  गरिव जेहन्दार विधार्थीहरु लाई पढ्नमा मदत पुगोस भन्ने उदेश्यले  नेकपा( माओवादी केन्द्र)का नेता भरत धानुकले   आफ्नी आमा लाई चौरासी वर्ष पुगेको पावन अवसरमा आफ्नो व्यक्तिगत तर्फवाट एक लाख रुपियाको  विधालयमा अक्षयकोष स्थापनाको घोषणा गर्दै  नगद रुपिया एकलाख विधालयका प्रधानाध्यापक  केशवराज अवस्थी लाई हस्तान्तरण गर्नु भएको थियो।

विधालयको चार कोठे भवन निर्माण बिध्यालय ब्यबस्थापन समितीद्वारा  गरिएको तर निर्माण जिम्मा बाफत बिध्यालयको खातामा पाँच लाख जम्मा हुनुपर्ने विधालयको निर्णय अनुसार आजसम्म सो रकम किन विधालयको खातामा जम्मा भएन भन्ने प्रश्न सहभागी वक्ताहरुले उठाएका थिए। विधालयको वार्षिक उत्सव विविध कार्यक्रम सहित तिन दिन सम्म चल्ने कुरा प्र.अ. अवस्थीले वताएका छन।

कार्यक्रमको सञ्चालन शिक्षक दमन वहादुर महता,  सभापती विध्यालय व्यवस्थापन समितिका अध्यक्ष महादेब भट्टले गर्नु भएको थियो।प्रमुख अतिथि ,उपप्रमुख बिमला बोहरा महता ,बिशिष्ठ अतिथी वडाअध्यक्ष कर्ण बहादुर धामी ( किशोर) , वैजनाथ उ.मा.वि.का प्र.अ. तेज वहादुर विष्ट  हुनुहुन्थ्यो।  विधालयको  वार्षिक आर्थिक प्रतिबेदन  प्र.अ. केशबराज अवस्थीले प्रस्तुतगर्नु भएको थियो।

आशु भण्डारी, जोगवुडा








२०८० माघ १६ २०:०६ बजे

प्रतिक्रिया