कविता-फकाउँदा मामाघर

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८० माघ १३ १८:१४ बजे
नरेन्द्र देवकोटा प्रशान्त

जब नि स्कुल जाने बेला हुन्थ्यो 

स्कुले केटाकेटीको लर्को लाग्थ्यो 

मलाई पनि स्कुल् जाउजाउँ हुन्थ्यो

तर पढ्न बहुत दिक्क लाग्थ्यो ।


आमा र बाबाले फकाउनु हुन्थ्यो

फकाउँदा स्कुल जान मन लाग्थ्यो

रुचि नलाग्दै पढ्दा हाई आउँथ्यो

स्कुलमा गित गाउँदा नाचुझैँ लाग्थ्यो ।


स्कुलमा सरले होमवर्क दिनुहुन्थ्यो ।

आमाले होमवर्क गर्दा फकाउनुहुन्थ्यो

बा फस्ट आए शहर लाने भन्नुहुन्थ्यो

आमा भने मामाघर जाउँला भन्नुहुन्थ्यो ।

                                                          प्रशान्त २०८०।९।७ कोहलपुर ।

 


२०८० माघ १३ १८:१४ बजे

प्रतिक्रिया