निर्वाचन आयोग आगामी चुनावका लागि आचार संहिता तयार गर्दै

निर्वाचन आयोग आगामी चुनावका लागि आचार संहिता तयार गर्दै

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ५ १०:१८ बजे
आचार संहिता

काठमाडौं । आगामी मंसिरमा  हुने प्रदेश र संघको  निर्वानको लागि निर्वाचन आयोगले आचार संहिता निर्माणको प्रक्रिया थालेको छ । 

 प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार यसका लागि सोमबार राजनीतिक दलहरूसँग छलफल कार्यक्रम राखिएको छ । आइतबार निर्वाचनमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गत स्थानीय तहको निर्वाचनको आचार संहिता कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्दै दलहरूको सुझावको आधारमा संहिता  बनाइने बताएका छन् ।  

प्रमुख आयुक्त थपलियाले आगामी मंसिर ४ गतेको निर्वाचन सफल बनाउनका लागि आयोगले दिव्य दृष्टि लगाएर काम गरिरहेको उल्लेख गरे ।

२०७९ भदौ ५ १०:१८ बजे

प्रतिक्रिया