कविता- योद्धाको अठोट

bimbonline नारायण योगी
२०८० माघ ११ १४:१९ बजे

न कहिल्यै झुक्न जान्यौ

न कहिल्यै रुक्न जान्यौ

हामी त्यो इन्कलाव हौ,

हर अन्यायको जवाव हौ,

गरिबको पसिनाको हिसाब माग्ने

सहिदको सपनाको महल बुन्ने

हामी एउटा यौद्धा हौ ।


हामी लडिरहन्छै, लडिरहन्छौ,

वर्गीय प्रेम चारै दिशा फैलाउनुछ 

मान्छेको रगत पसिना चुस्नेको सातो, लिनुछ

उच निच, धनी गरिबको भेद मेटाई

मान्छे माथि मान्छेद्वारा हुने फरक मेटाई

समानताको बिगुल बजाउनुछ,

को बाहुन, को क्षेत्री, को तल्लो को उपल्लो

जातपात मिटाउनु छ, प्रेम भाव पठाउनुछ ।


रगत एउटै पसिना एउटै मानवताको नाता हाम्रो

भै मानव सबले जीउन छ नगर्नु उचनिच नराम्रो

भाषा भेष, धर्म, कर्म, रितीस्थिति फरक छैन

धर्तीको मायाको खातिर जनता संधै एक भएकै छन् 


सत्यलाई ढाल बनाई लड्दैछौं जाति वैरीसँग

जनताको गीत गाउँदै भिड्ने छौ ।

सत्य न्यायको डगर समाई ती अन्यायीसँग क्रान्ति मसाल बाल्ने छौ 

एकताको बलमा बैरी सारा ढाल्ने छौ । 


२०८० माघ ११ १४:१९ बजे

प्रतिक्रिया