कस्तो वनाउट रहेकोछ श्री राम जन्मभूमि मन्दिरको

bimbonline बिम्ब अनलाइन
२०८० माघ ९ ०९:१३ बजे
श्रीराम मन्दिर

धनगढी। हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा गरेको भनिएको अयोध्यामा नव निर्मित श्रीराम मन्दिरको  निकै आकर्षक रहेको छ।परम्परागत नागर शैलीमा बनेको  मन्दिरको लम्बाइ पूर्व-पश्चिम ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट छ । तीन तले मन्दिर, प्रत्येक तल्लाको उचाइ २० फिट, कुल ३९२ स्तम्भ, ४४ ढोका । भूतल्लामा गर्भगृह भगवान् श्री रामको बाल स्वरूप (श्री रामलिला) को विग्रह, पहिलो तल्ला गर्भगृह श्री राम दरवार । कुल पाँच मंडप नृत्य मंडप, रंग मंडप, गुड मंडप, प्रार्थना मंडप, कीर्तन मंडप रहेको छन।

मन्दिरको स्तम्भ र पर्खालहरूमा देवी, देवता र नर्तकहरूका मूर्तिहरू रहेका छन । पूर्वबाट ३२ पाइला (उचाइ १६.५ फिट) चढेर सिंहद्वारबाट प्रवेश हुनेछ ।अशक्त र वृद्धहरूका लागि र्याम्प र लिफ्टहरूको व्यवस्था  गरिएको छ। चारैतिर गोलाकार पर्खाल  लम्बाइ ७३२ मिटर, चौडाइ ४.२५ मिटर, पर्खालको चार कुनामा चारवटा मन्दिर भगवान् सूर्य, शंकर, गणपति, देवी भगवती  रहेका छन । पर्खालको दक्षिणी भागमा हनुमान मन्दिर र उत्तरतर्फ अन्नपूर्ण माताको मन्दिर रहेकोछ ।

मन्दिरको दक्षिणी भागमा रहेको पौराणिक सिताकूप  मन्दिर परिसरमा महर्षि वाल्मीकि, महर्षि वशिष्ठ, महर्षि विश्वामित्र, महर्षि अगस्त्य, निषादराज, माता शबरी र देवी अहल्याको प्रस्तावित मन्दिर हुने छन। दक्षिण-पश्चिम भागमा रहेको नवरत्न कुबेर डाँडामा अवस्थित शिव मन्दिरको जीर्णोद्धार र रामभक्त जटायुराजको मूर्ति स्थापना गरिएको छ।

श्रीराम मन्दिरको  काम पुरा नभएको  अवस्थामा अहिले नै  हिन्दु धर्म परम्परा अनुसार  मन्दिरको प्राण प्रतिष्ठा गर्न नमिले हुदा कुनै पनि शँकरार्चायहरु सो कार्यक्रममा सहभागी भएन्न। मोदीले राजनितिक लाभ लिने उधेश्यले हतारमा हिन्दु धर्म परम्परा  विपरित मन्दिरको प्राण प्रतिष्ठा गरेको कुरा शँकरार्चायहरुले वताएका छन।
२०८० माघ ९ ०९:१३ बजे

प्रतिक्रिया