कैलाली वहुमुखी क्याम्पसमा शुरू भयो ४ दिने जिवन उपयोगी शिपको क्लास

bimbonline बिम्ब अनलाइन
२०८० माघ ६ २०:४४ बजे

धनगढी। स्टुडेण्ट क्वालिटी सर्कल र कैलाली वहुमुखी क्याम्पसको सयुक्त आयोजनामा  आज माघ ६ गते देखि creative Academic writing programm को शुरु भएको छ। कार्यक्रमको कैलाली वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोथ राज भट्टले  उद्गघट्न गर्नुभयो। चार दिने सम्म सञ्चालन हुने यो कार्यक्रमको आज पहिलो दिन हो।

कैलाली बहुमुखी क्याम्पसका प्रो. शिव प्रसादले proposal writings report writing बारे जानकारी दिनुभयो। यहि माघ ६,७,८ र ९ गते गरि चार दिन सम्म बिहान ११ बजे देखी २ बजे सम्म दैनिक ३ घण्टा सैद्धान्तिक तथा अभ्यास सहित हुने भएकाले कैलाली बहुमुखी क्याम्पसकका स्नातक र स्नातकोत्तरमा अध्यनरत सम्पुर्ण विद्यार्थीहरुमा सहभागी भइ कार्यक्रमको लाभ लिन हुन आयोजकले अनुरोध गरेका छन । 

कार्यक्रमका विशेषताहरु ; दैनिक जिवनमा आवश्यक पर्ने सम्पुर्ण शैक्षिक तथा सिर्जनशिल लेखन जस्तै विभिन्न किसिमका निवेदन, चिट्ठी, सुचना, बैठकका माइनियुट, प्रपोजल लेखन, प्रतिवेदन लेखन, सेमेस्टर प्रणालीमा आवश्यक presentation तयार गर्ने बिधि तथा व्यक्तित्व बिकास तर्फ Public Speaking  (वाक कलाको क्षमता वृद्धि, विभिन्न कार्यक्रममा आवश्यक पर्ने विभिन्न प्रकारका मन्तव्य प्रस्तुति,Presentation presenting  बिधि तथा सीप ) र Anchoring तर्फ औपचारिक तथा अनौपचारिक कार्यक्रम संचालन प्रशिक्षण सैद्धान्तिक साथै अभ्यास सहित हुने आयोजकले वताएका छन। 

चारदिने कार्यक्रमको विषयवस्तुहरु  : Day 1 Application Writing, Letter Writing, Notice Writing, Meeting Minutes Writing Day 2 Proposal writings, Report (pratibedan) Writing, Presentation preparing Day 3 Public Speaking, Kinds of speech, presentation ( presenting Skill) Day 4 Anchoring Training रहेको कुरा आयोजकले वताएका छन। थानेश्वर खाती धनगढी वाट


  


२०८० माघ ६ २०:४४ बजे

प्रतिक्रिया