बाँके केन्द्रबिन्दु भएर पश्चिम नेपालमा भूकम्प

बाँके केन्द्रबिन्दु भएर पश्चिम नेपालमा भूकम्प

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ४ ०९:०७ बजे
भूकम्प

काठमाडौं । बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीरको मध्यभागमा केन्द्रविन्दु भएर राति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्प पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।  पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । यस अगाडि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।

२०७९ भदौ ४ ०९:०७ बजे

प्रतिक्रिया