पशुराम मेलाको बिम्ब अनलाइनमा प्रत्यक्ष लाइभ

bimbonline बिम्ब अनलाइन
२०८० पुष २९ १५:४१ बजे

डडेल्धुरा।  प्रत्येक वर्ष माधेसक्रान्तिका दिन लाग्ने पशुराम मेला (गगनानमेला) यसवर्षको भोली माध १ गते लाग्दैछ। मेला भर्न पहाडी जिल्ला डडेल्धुरा डोटी वैतडी वझाङ दार्चुला र तराइका जिल्ला कैलाली कञ्चनपुर वाट भक्तजन तथा दर्शकहरु आज रात्ती नै मेला स्थल पशुराम नगरपालीका वार्ड न. ५ परिगाउँ महाकाली नदिको किनारमा वाग्लो सहभागीता हुन शुरु भएको छ। भोली विहानै ३ वजे देखि गँगास्नान शुरु गरि पुजापाठ गरेर भक्तजन एव दर्शकहरु आ-आफ्नो घर फर्किने  छन 

मेलामा केटाकेटी देखि वृध्दावृध्द सम्म सवै उमेर समुहका व्यक्तिहरुको उपस्थिति हुने गरेको छ। मेलामा उपस्थित हुन नसक्ने देश विदेशमा रहेका दर्शकहरुको चाहनालाइ मध्ये नजर राख्दै भोली विहान ७ देखी ८ वजेको विचमा मेलाका विभिन्न कार्यक्रमहरु लाई बिम्ब अनलाइनले आफ्नो फेसवुक पेज वाट प्रत्यक्ष लाइभ गर्नका निमित बिम्ब सम्वदाताहरु भेला स्थलमा उपस्थित भइ सकेका छन। गतवर्ष पनि यस अनलाइनका सम्वादाता  माधव राज जोशीले बिम्ब अनलाइनको फेसवुक पेजवाट प्रत्यक्ष लाइभ गरेका थिए।


२०८० पुष २९ १५:४१ बजे

प्रतिक्रिया