एक महिनामा एक लाख ७३ हजारले लिए विदेश जाने श्रम स्वीकृति

विदेश पलायनको सख्या भयावह

bimbonline बिम्ब अनलाइन
२०८० पुष २६ १८:२६ बजे

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरमा वैदेशिक रोजगारीमा जान एक लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति लिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुनः श्रम स्वीकृति लिने वा नवीकरण गराउनेको संख्या एक लाख चारहजार ३७ रहेको छ । 

अघिल्लो वर्षको मंसिरमा दुईलाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए । त्यतिबेला एक लाख १५ हजार ९४८ जनाले श्रम स्वीकृति नवीकरण गराएका थिए ।

 

२०८० पुष २६ १८:२६ बजे

प्रतिक्रिया