सुदूरपश्चिममा लगातार तिन दिन सार्वजनिक बिदा

तिन दिन वाट पाँच दिन हुन सक्ने सम्भावना

bimbonline बिम्ब अनलाइन
२०८० पुष २६ ०८:४२ बजे

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।  यहि २७ गते  केन्द्र सरकारले एकता दिवश तथा पृथ्वीनाराणय शाहको जन्म दिन परेकोले विदा दिएको छ भन्ने २८ गते शनिवार भएकोले विदा रहेको छ। यसरी यो हप्ता तिन दिन निरन्तर विदा रहेको छन।

यहि माघ १ गते थारुहरु माधिपर्वको केन्द्र सरकारले १ दिनको विदा दिएको छ भन्ने थारुहरुले २ गते पनि विदाहुन पर्ने माग गरेको अवस्थामा प्रदेश सरकारले माध  २ गते पनि विदा दिन सक्ने सम्भवना रहेको वताइन्छ।

बिदाको दिन प्रदेश तथा सँघ स्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ । 



२०८० पुष २६ ०८:४२ बजे

प्रतिक्रिया