एकलब्यको देशमा कविता संग्रह प्रकाशित

bimbonline कैलास कुमार पाण्डेय
२०८० पुष २४ १८:४८ बजे
लेखक- कैलास कुमार पाण्डेय

डडेल्धुरा । सानै उमेर देखि विधार्थी कालमा पनि साहित्य र सृजनामा रुचि  राख्ने कवि कैलास कुमार पाण्डेय लामो समय देखि गीत,गजल,कविता तथा साहित्यका अन्य बिधामा कलम चलाइरहेका कैलासकुमार पाण्डेयको छैटौं कृति प्रकाशित भएको छ। डडेल्धुरा जिल्लाको परशुराम नगर पालिका १२ बस्ने पाण्डेयको एकलब्यको देशमा नामाकरण गरिएको सिमान्त मुद्दामा आधारित कविता संग्रह सम्पादन हाउस काठमाडौले प्रकाशित गरेको छ ।

सुदूरपश्चिम साहित्य समाज धनगढीले आयोजना गरेको बिशेष साहित्यिक कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशीले बिमोचन गर्नु भएको थियो । यस पुर्व भारत उत्तराखण्ड,पिथौरागढ स्थित एच. डि. वि. बालिका कलेजमा आयोजित इण्डो नेपाल काब्योत्सवमा लोकार्पण गरिएको थियो । उक्त काब्योत्सवमा कवि पाण्डेयलाई वाग्देवी काब्य सम्मानबाट सम्मान पनि गरिएको थियो। बहत्तर कविता समेटिएको संग्रह आधुनिक कवितामा निकै ओजपुर्ण रहेको छ । सिमान्त बस्ती,समुदायको मुद्दालाई जबरर्जस्त रूपमा कवितामा प्रस्तुत गरिएका छन । गाउँ,गाउँले परिवेश ,समाज ,सामाजिक रीतिरिवाज ,राजनीति बिषय बस्तुलाई समेटिएको छ ।

कवि पाण्डेयका बिर्सिएका नाउँहरु गीत संग्रह ,बादलका बुट्टाहरु,नयाँ नयां सागरहरु गजल संग्रह , भत्केका स्तम्भहरु,आकाश छुने रहर कविता संग्रह प्रकाशित भइसकेका छन । गीत,गजल,कविता संगै थुप्रै फुटकर रचना प्रकाशित छन ।

हरेक कविताको भाव ,शैली, बान्कीमा नयाँपन पाइन्छ । नवरसलाई हेर्दै जादा भेटेन्छन । काब्यिक संरचना नभए पनि काब्यको भावभंगी पाइन्छ । जीवन, समाज,धर्म,अर्थ,काम मोक्ष,सबै जोडेका छन । कहि निकै नास्तिक पाइन्छन भने कहि आध्यात्मिक चिन्तक देखिन्छन । पुर्विय दर्शनको अध्ययन गरेको आफै देखाउछन कवि । मदन पुरस्कार बिजेता डा. नवराज लम्सालले भुमिका लेखेको संग्रह  एकदम गतिलो पुस्तक तयार भइ प्रकाशित भएको छ । साहित्यमा थपिएको अर्को किताब पठनिय र संग्रहणिय छ । नेपाली कविताको क्षेत्रमा गहकिलो कृति प्रकाशित भएको छ।


२०८० पुष २४ १८:४८ बजे

प्रतिक्रिया